प्रदेश

पौडी खेल्ने क्रममा डुबेर भारतीय युवकको मृत्यु



तानसेन, २९ जेठ । पाल्पामा डुबेर एक जना भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत महाराजगन्ज बोधनियथाना बसहिया बस्ने २३ वर्षका मुकुन्द शर्मा रहेको प्रहरीले जनाएको छ ।

नेपाल घुम्न आएका भारतीय नागरिकको पाल्पा तिनाउ–३, स्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

तीन जना साथीसँगै पौडी खेल्ने क्रममा डुबेका शर्मालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । अस्पतालमा पुर्‍याएपछि चिकित्सकले शर्माको मृत्यु भएको घोषणा गरेको श्रेष्ठले बताउनुभयो ।

यसअघि जेठ २६ र २७ गते पनि तिनाउ नदीमा डुबेर भारतीय नागरिकको मृत्यु भएको थियो । उक्त क्षेत्र डुबेर मृत्यु हुने अत्यधिक सम्भावित स्थान भएपनि मानिसले अटेर गरेर पौडी खेल्न जाने गरेको प्रहरीले जनाएको छ । यो वर्ष तिनाउ क्षेत्रमा डुबेर सात जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६