पकडी, कपिलवस्तु २८ कात्तिक
कपिलवस्तुको मायादेवी गाउँपालिकाले विकास निर्माण र योजना कार्यान्वयनको क्षेत्रमा उत्साहजनक सफलता हासिल गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगतका योजनाहरूको सफल कार्यान्वयनसँगै चालू आर्थिक वर्षका लागि नयाँ रणनीतिक योजनाहरूलाई तीव्रताका साथ अघि बढाइएको छ।
तथ्याङ्क अनुसार, गत आर्थिक वर्षमा साना तथा ठूला गरी कुल २६३ वटा योजनाहरू छनोट गरिएकोमा २३४ वटा योजनाहरूको सफल कार्यान्वयन भइसकेको छ। चालू आर्थिक वर्षका लागि गाउँपालिकाले थप २३३ वटा योजनाहरू पारित गरी कार्यक्षेत्रमा ओरालेको छ, जसले स्थानीय तहमा विकासको जगलाई थप मजबुत बनाउने सङ्केत गर्दछ।
साना योजनामा जोड, ठूला योजनामा रणनीतिक फड्को
गाउँपालिकाले नागरिकका दैनिक आवश्यकतासँग जोडिएका साना योजनादेखि गाउँको मुहार फेर्ने ठूला भौतिक पूर्वाधारका योजनाहरूलाई वर्गीकरण गरेर काम गरिरहेको छः

५ लाख वा सोभन्दा साना योजनाः
सर्वसाधारणको प्रत्यक्ष सरोकार राख्ने यी साना योजनाहरू गत वर्ष १९४ वटा स्वीकृत भएकोमा १६५ वटा सम्पन्न भइसकेका छन्। चालू आर्थिक वर्षका लागि १६० वटा यस्ता योजना पारित गरिएका छन्।
मझौला योजनाहरू (५ लाखदेखि ५० लाखसम्म)
५ लाखदेखि १० लाखसम्मका ६० वटा र १० लाखदेखि ५० लाखसम्मका ७ वटा योजनाहरू चालू आर्थिक वर्षका लागि स्वीकृत भई कार्यान्वयनको चरणमा छन्।
गाउँको मुहार फेर्ने ७ ठूला गौरवका आयोजना्
गाउँपालिकाले ५० लाखभन्दा बढी बजेटका रणनीतिक महत्वका ७ वटा गौरवका आयोजनाहरू अघि सारेको छ। यी योजनाहरूले गाउँपालिकाको शिक्षा, स्वास्थ्य, यातायात र कृषि क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ। हाल सञ्चालित मुख्य योजनाहरू यस प्रकार छन
विद्यालय पूर्वाधार विकासः निर्मित गुरुयोजनाका आधारमा स्थानीय तहको साझेदारीमा विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण।
खानेपानी र कृषि सिँचाइः
वडा नं. १ देखि ८ सम्म ह्याण्डपाइप जडान र गाउँपालिका स्तरीय बोरिङ जडान कार्य।
–बस्ती सुधार र सामाजिक सुरक्षाः
वडा नं. १ देखि ८ सम्मका दलित समुदायका घरहरूलाई खरको छानामुक्त बनाउने अभियान।
सडक सञ्जाल विस्तारः
अभिराव भरवलिया हुँदै बडसुडवासम्म तथा मुंगेहरीदेखि महादेवसम्मको सडक कालोपत्रे गर्ने कार्य।
– प्रशासनिक सबलीकरणः वडा नं. ५ को वडा कार्यालय भवन निर्माण।
पारदर्शिता र प्रभावकारी कार्यान्वयन
गत वर्षको कुल योजना मध्ये झण्डै ९० प्रतिशत योजनाहरू सम्पन्न हुनुले मायादेवी गाउँपालिकाको कार्य सम्पादन चुस्त रहेको देखाउँछ। चालू आर्थिक वर्षका लागि पारित २३३ वटा योजनाहरूले गाउँपालिकालाई समृद्धिको दिशामा अगाडि बढाउने देखिन्छ। टुक्रे योजनाहरू भन्दा पनि रणनीतिक र दीर्घकालीन महत्वका योजनाहरूमा जोड दिइएकाले यसले स्थानीय नागरिकको जीवनस्तरमा प्रत्यक्ष र सकारात्मक परिवर्तन ल्याउने निश्चित छ।









प्रतिक्रिया