कृषि

शिक्षा मन्त्रालयको शिक्षक सरुवा निर्देशिका कार्यान्वयन नगर्ने नगरपालिका र गाउँपालिका महासंघको अडान



कपिलवस्तु ३२ जेठ ।नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयन नगर्ने भन्दै ध्यानाकर्षण गराएको छ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले शिक्षामन्त्री सुमना श्रेष्ठलाई बुधबार पत्र पठाइ उक्त निर्देशिका संविधानको मर्म र विद्यमान शिक्षा ऐनको प्रतिकूल भएकाले खारेज गर्न माग गरेका छन्। संघका अध्यक्ष भीमप्रसाद ढुंगना र गाउँपालिका राष्ट्रिय महाससंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेद्वयले हस्ताक्षर गरेको पत्रमा स्थानीय गाउँरनगरपालिका सभाबाट पारित स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरिएको छ।
यही जेठ २९ गते सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सोही विषयमा आयोजना गरेको सरोकार भएकाहरुबीच भएको छलफलमा निर्देशिकामा असहमति व्यक्त गरिएको थियो। सो महासंघ अध्यक्ष गुणराज मोक्तानले यसबाट सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने जिकिर गरे।

प्रकाशित : १ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६