अर्थ-वाणिज्य

प्रचण्डले भने अब धेरै समय छ जस्तो लागेको छैन



,
काठमाडौं ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीका नेता कार्यकर्ता कसैलाई पनि फुर्सद नदिने योजनाका साथ पार्टीले अभियान ल्याउनले बताएका छन् ।तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले चार महिने अभियानले अलिअलि झल्को दिए पनि पार्टीको गतिविधि फेरि सेलाएको बताए ।
उनले भने, ‘अस्तिको अभियानपछि जनयुद्धको जस्तो माओवादी फेरि जीवित भएर आउन लाग्यो क्यारे, जनताले पनि माओवादी नेता काठमाडौं र शहरमा मात्रै होइन गाउँमा पनि आउन थाले भन्ने सन्देश चाहिँ दिएको थियो । तर, अहिले त्यो रोकिएको छ । प्रदेशले गर्ने भन्दा धमिलिएको छ । अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो १ मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन ।’
काठमाडौंमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको ७औँ राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर स् प्रदीपराज वन्तररासस
अध्यक्ष प्रचण्डले नेता कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै अभियानात्मक रुपमा जाने सोचेको बताए ।उनले भने, ‘अहिलेको नयाँ परिस्थितिमा हुन त आजभोलि यो सोसल मिडियाको जमाना छ । आईटीको जमाना त छँदैछ । त्यसले मानिसको दिमागभित्र विभिन्न खालको विचारहरू हुल्दिने गरेको छ । राम्राभन्दा नराम्रा, सकारात्मकभन्दा नकारात्मक कुराहरू हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ ।

प्रकाशित : १० असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६