खोज–अनुसन्धान

साथीले चलाएको गोली लागेर मृत्यु



 दार्चुला ९ असार  । जंगलमा शिकार गर्न गएका एक जनाको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । शनिबार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरीका अनुसार शनिबार १० बजेतिर शिकारीको भरुवा बन्दुकको गोली लागेर धंकेको मृत्यु भएको हो । धंकेको टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार लक्सेरी नागु बस्ने वर्ष अन्दाजी ५३ का जयसिंह डडालले चलाएको गोली लागेर धंकेको ज्यान गएको हो ।
गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार धंके सोही वनमा पासा थापिरहेको प्रहरीको भनाइ छ । स्थानीयसँग सामान्य सोधपुध गर्दा दुवै शिकारी रहेको बुझिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहको कमाण्डमा प्रहरी टोली खटिएको जनाएको छ ।

प्रकाशित : १० असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६