अर्थ-वाणिज्य

वरिष्ठ सचिव लीलादेवी गडतौलाले पाइन निमित्त मुख्य सचिवको जिम्मेवारी



काठमाडौं ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्य सचिव डा।बैकुण्ठ अर्याल निलम्बनमा परेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था अनुसार उनी निलम्बनमा परेका हुन् ।मुख्यसचिव अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव लीलादेवी गडतौलाले स्वतः निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन् ।

सरकारले तत्काल मुख्यसचिव नियुक्ति गर्न चाहेको अवस्थामा मुख्य सचिव अर्यालको पद सारेर हाल कार्यरत वरिष्ठ सचिवमध्येबाट उपयुक्त लागेका एक सचिवलाई मुख्य सचिव नियुक्ति प्रक्रिया अघि बढाउन सक्नेछ भने केही दिन लाग्ने भएको अवस्थामा निमित्त मुख्य सचिव गडतौलालाई नै कायम राख्न सक्नेछ ।
यदि केही हप्ता वा महिना नै लाग्ने भएको अवस्थामा गडतौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारीसमेत दिन सक्ने र त्यसपछि मुख्य सचिव नियुक्ति गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सचिव गड्तौला साढे ३ वष अघि २०७७ कात्तिक गते नेपाल न्याय सेवाको कानून समूहतर्फ सहसचिवबाट सचिवमा बढुवा भएकी थिईन । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानून तथा मानव अधिकार क्षेत्र हेर्दै आएकी छन् । ५८ वर्षे उमेरहदका कारण गड्तौलाले आगामी भदौ महिनामा अनिवार्य अवकाश पाउनेछिन् ।

प्रकाशित : १० असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६