अन्तर्राष्ट्रिय

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना घाइते



एजेन्सी, २३ असार ।
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । बर्खाको यो बेला खेतमा काम गर्ने र पानी परेका बेला रूखमुनि आश्रय लिएका उनीहरुको चट्याङ लागेर ज्यान गएको विपद् प्रतिकार्यमा सक्रिय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ति शुक्रवारपछि पछिल्लो २४ घण्टामा बिहार राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित ठूलो पानी परेको थियो । भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने भन्दै सावधानीका लागि सूचना अर्थात् (एलो अलर्ट) पनि जारी गरेको छ । हरेक वर्ष मनसुन शुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित : २४ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६