अर्थ-वाणिज्य

ओलीको भोलि नै प्रधानमन्त्री बन्ने तयारी, सांसदहरुको हस्ताक्षर तयार अवस्थामा




काठमाडौं २७ असार । नेपाली कांग्रेस र नेकपा एमालेले भोलि ९शुक्रबार० नै नयाँ सरकार गठनको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी अगाडि बढिरहेको स्रोतले जानकारी दिएको छ ।

बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । वैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम हुने एमालेको बुझाई छ । प्रचण्डको पक्षमा अहिले बहुमत नजुट्ने लगभग निश्चित भइसकेको छ । उनको पक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जना बाहेक अन्य सांसदको समर्थन खुलेको छैन् । कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले विश्वासको मत नदिने निर्णय नै गरिसकेका छन् ।

यद्यपि विश्वासको मत लिने प्रतिनिधिसभाको बैठक कति लम्बिन्छ, त्यसले ओली प्रधानमन्त्री बन्ने समय निर्धारण गर्नसक्छ । ‘विश्वासको मतको कार्यक्रम दिउँसो २ देखि अढाई बजे ९२ः३०० सम्म चल्नसक्छ,’ एमालेका एक नेता भन्छन् । त्यसपछि लगत्तै संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी दिने एमालेको बुझाई छ । ‘राष्ट्रपतिबाट नयाँ सरकारको आह्वान हुनासाथै दुई तिहाई बहुमतसहित दाबी प्रस्तुत गर्ने तयारी भइरहेको छ,’ एमालेका ती नेताले सुनाए ।

राष्ट्रपति पौडेलबाट भोलि दिउँसोभित्रै नयाँ सरकारका लागि आह्वान हुनेमा एमाले–कांग्रेस विश्वस्त छन् । यस्तै नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमकै सरकार आह्वान हुनेमा पनि दुबै पार्टी विश्वस्त छन् । त्यसपछि लगत्तै बहुमतसहित एमाले अध्यक्ष ओलीले सरकारको दाबी पेस गर्नेछन् ।

त्यसका लागि कांग्रेस र एमालेले आ–आफ्ना सांसदको हस्ताक्षर संकलन गरिसकेका छन् । दुवै पार्टीका १६६ जना सांसद छन् । जुन २७५ सिटको प्रतिनिधिसभामा दुईतिहाई जुटाउन १७ सीट कम हो । कांग्रेसले विपक्षी दलहरूसँग सरकारमा सामेल हुन आग्रह गरिरहेको छ । जसले दुई तिहाईसहित सरकारमा दाबी गर्ने आंकडा पुग्ने एमालेको विश्वास छ । ‘बहुमतसहित प्रधानमन्त्रीमा दाबी आए राष्ट्रपतिलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्न बाधा हुन्न । अनि अध्यक्ष कमरेड भोलि प्रधानमन्त्री भइहाल्नु हुन्छ नि,’ ती नेताले भने ।

प्रकाशित : २८ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६