खोज–अनुसन्धान

तीन वर्षपछि चौथो कार्यकालका लागि ओली सत्ताको नेतृत्वमा फर्किए, राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्त




काठमाडौं ३० असार, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । कांग्रेस एमालेको दाबी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो ।चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ ।

कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।

कांग्रेस एमालेले ओलीको शपथ लगत्तै साना दलहरूलाई पनि साथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।ओली पहिलो पटक २०७२ असोज २४ मा प्रधानमन्त्री बन्दा १० महिना टिकेका थिए । ०७४ मा एमाले(माओवादीबीचको वाम गठबन्धन बनाएर दुई तिहाइनजिक बहुमत ल्याएपछि २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।

तत्कालीन नेकपाभित्रको विवाददेखि संसद् विघटनसम्मको अवस्थामा ओलीले तीन वर्ष शासन गरेका थिए । त्यही विवादको क्रममा प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेर ७८ वैशाख ३० देखि असार २९ सम्म प्रधानमन्त्री बने ।

सर्वोच्च अदालतले ओलीले गरेका प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि सत्ताविमुख भएका थिए । सत्ताबाट बहिर्गमन भएको ठीक तीन वर्षपछि ओली पुनस् सत्तामा फर्केका हुन ।

प्रकाशित : ३१ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६