देश

एमाले बाणगंगा नगर कमिटीको गम्भिर ध्यान आकृष्ट



कपिलवस्तु, ४ साउन । नेकपा (एमाले) बाणगंगा नगर कमिटीले गम्भिर ध्यान आकृष्ट सहितको प्रेस विज्ञप्ती जारी गरेको छ । उक्त विज्ञप्तीमा यस्तो लेखिएको छ ।

वियही असार २५ गते बाणगंगा नगरपालिका नगरकार्यपालिकाको कार्यालय, नगर प्रमुखको कार्य कक्षमा नेपाली कांग्रेस बाणगंगा नगर समितिको नेतृत्वमा भएको अपमानजनक ब्यवहार प्रति हाम्रो पार्टी नेकपा (एमाले) नगर कमिटी बाणगंगाको गम्भिर ध्यान आकृष्ट भएको छ ।

श्री जनसेवा आधारभुत विद्यालय, बाणगंगा ८, उद्यपुर मोर्मीको विषय लगायतका विषयमा ज्ञापन पत्र बुझाउने सन्दर्भमा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतका कार्यालयका कर्मचारीहरु माथि गरिएको अपमानपूर्ण, अशिष्ट ब्यवहार प्रति खेद प्रकट गर्दै यस्ता गतिविधीहरु नदोहोराउन आग्रह गर्दछौं । अपमानपूर्ण, अशिष्ट ब्यवहारले नगरपालिकाको गरिमा माथि धावा बोल्ने कुनै पनि कार्य लोकतान्त्रिक पार्टीका निम्ति सहिय नहुने त्यो लोकतन्त्रका निम्ति दूर्भाग्यपूर्ण हुने हाम्रो पार्टीको ठहर रहेको छ ।एउटा लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ताबाट भएको यस खालको असभ्य, अपमानजनक ब्यवहारबाट समृद्ध नगरको यात्रा र सिंगो नगरबासीको जनचाहना पुरा गर्ने कार्यमा कठिनाई हुने हाम्रो पार्टीको निष्कर्ष रहेको छ । हामि चाहान्छौं सबै खाले समस्याको समाधान विधी, पद्धती, शिष्ट, मर्यादित छलफल, संवादबाट हुने हुदा संयम्तापूर्ण, लोकतान्त्रिक विधी, प्रक्रिया, कानूनी, मूल्य, मान्यताबाट साझा ढंगले समस्याको समाधान खोज्न यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौं ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६