अर्थ-वाणिज्य

लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि टुंगो लाग्यो



देउखुरी ९ साउन । लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि टुंगो लागेको छ ।कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी निकट स्रोतका अनुसार कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन् । कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापा बाहेक सबै नयाँ अनुहार हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । मन्त्री बन्नेहरु तिमिल्सिना बर्दिया निर्वाचन क्षेत्र २ ९१०, कार्की गुल्मी १ ९२०, थापा प्यूठान १ ९२० न्यौपाने दाङ २ ९२० कुर्मी बाँके ३ ९२० बाट निर्वाचित हुन् ।

प्रमुख सचेतक तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो । मन्त्रालयको संख्या टुंगो लागे पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेकाले बुधबार सबै मन्त्रीको बिनाविभागीय मन्त्रीमा शपथग्रहण हुने सम्भावना रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । मुख्ममन्त्री सहित मन्त्रीहरुको बुधबार बिहान साढे ८ बजेट बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ ।

प्रकाशित : ९ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६