प्रदेश

दाङमा नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै



घोराही, १७ साउन । दाङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा स्थायी रुपमा बसोवास गर्नेहरुले नेपालीको सङ्ख्या बढेपछि जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको हो ।

दाङमा हालसम्म ४१ जनाले नेपाली नागरिकता परित्याग गरेका छ । २०७५ वैशाख महिनादेखि हालसम्म ३० पुरुष र ११ महिला गरेर ४१ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् । जसमा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ३० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा ६ जनाले मात्र नेपाली नागरिकता परित्याग गरेका थिए ।

अघिल्ला वर्षहरुको तुलनामा पछिल्लो समय जिल्लामा नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतम बताउनुहुन्छ । २०७५ सालदेखि नागरिकता परित्याग गर्न सुरु भए पनि आर्थिक वर्ष २०७९/०८० सम्म जिल्लामा पाँच जनाले मात्र नेपाली नागरिकता परित्याग गरेका थिए तर पछिल्लो समय यो सङ्ख्या बढ्दै गएको छ ।

स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको प्रशासकिय अधिकृत विजय गौतम बताउनुहुन्छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको हो ।

विदेश स्थायी रुपमा बस्ने नेपालीले गैरआवासीय नेपाली नागरिकता लिन पाउने व्यवस्था भएपछि नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको छ । रोजगारी, पठनपाठनसँगै वैवाहिक सम्बन्धलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो समय विषेशगरी अमेरिका, अस्ट्रेलिया, युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्ने गरेको पाइएको प्रशासकीय अधिकृत गौतम बताउनुहुन्छ ।

नेपाली नागरिकता त्याग्ने र गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढेको भन्दै प्रशासकिय अधिकृत गौतमले भन्नुभयो, ‘‘विदेशको नागरिकता लिनका लागि नेपाली नागरिकता त्याग गर्नुपर्ने भएकाले पनि पछिल्लो समय नेपाली नागरिकता त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको छ ।’’ लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।

प्रशासकिय अधिकृत गौतमका अनुसार जिल्लामा नेपाली नागरिकता त्यागेका करिब ४१ जनामध्ये ४० जनाले गैरआवासीय नागरिकता लिएका छन् । गैरआवासीय नागरिकता लिनमा महिलाभन्दा पुरुषहरु धेरै छन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा दुई वर्षको अवधिमा ११ जनाको नागरिकता रद्द भएको छ । झुठा विवरण पेस गरेर नागरिकता लिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा नौ जना र २०८०/०८१ म दुई जनाको नागरिकता रद्द गरिएको छ ।

प्रकाशित : १७ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६