अर्थ-वाणिज्य

उपनेता र सचेतकको जिम्मेवारी हेरफेर, संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य सर्बसहमत




दाङ १ भदौ। नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन हुनु भएको छ । शनिवार बुटवलमा बसेको संसदीय दलको बैठकले हाल मुख्यमन्त्री समेत रहनु भएका आचार्यलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । आचार्य यस अघि दलको उपनेता हुनु हुन्थ्यो । संसदीय दलको नेतालाई छाडेर पार्टीको केन्द्रीय नेतृत्वले उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि तत्कालिन दलको नेता रहेका पूर्व मुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिनु भएको थियो । आचार्य मुख्यमन्त्री नियुक्त भएकै दिन गिरीले साउन ७ गते राजिनामा दिनु भएको थियो ।शनिबार बुटवलमा बसेको २६ जना प्रदेशसभा सदस्यको सर्वसम्मत निर्णयबाट आचार्यलाई दलको नेता चयन गरेको नेकपा एमाले लुम्बिनीले जनाएको छ ।

दलको उप–नेता भोजप्रसाद श्रेष्ठ चयन हुनु भएको छ भने प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका चयन हुनु भएको छ । यस अघि प्रमुख सचेतकमा रहेका चौधरीले पनि राजीनामा दिनु भएको थियो । उहाँको राजीनामा अस्वीकृत भएको छ । त्यस्तै, सचेतक रहनु भएका दाङकी सीता शर्मा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेपछि सचेतकमा रोकालाई चयन गरिएको हो । बैठकले मंगलबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले एकमतका साथ मुख्यमन्त्रीमा आचार्यलाई मत दिन सम्पूर्ण एमाले प्रदेशसभा सदस्यहरुलाई ह्वीप जारी गर्ने निर्णय भएको बताउनुभयो । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा आचार्यले साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । एमालेमा दल नेता चयन हुन नसकेको र कांग्रेसभित्र मन्त्री छनोटको किचलोले सरकारले पूर्णता पाउन सकेको छैन् ।

त्यसले मुख्यमन्त्री आचार्यलाई पनि विश्वासको मत लिन ढिलाई भईरहेको छ । अहिले मुख्यमन्त्रीसहित लुम्बिनीमा एमालेका ५ र कांग्रेसका ४ मन्त्री छन् । कांग्रेसले थप एक मन्त्री सिफारिस गर्न बाँकी छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा २ मन्त्रालय साना दलका लागि राखिएको बताइएको छ ।तर, सरकारलाई समर्थन गरेका लोसपा, जसपा र नागरिक उन्मुक्ति तिनवटै दलले मन्त्रालयमा दावी गरेको र दुई मन्त्रालय मात्र रहेकाले एमाले कांग्रेस अप्ठ्यारोमा परेका छन् ।लुम्बिनीमा सरकारलाई समर्थन गर्ने दलबाट नागरिक उन्मुक्ति पार्टीका ४, जनमत ३, लोसपा ३, जसपा २, जसपा नेपाल १ जना प्रदेश सभा सदस्य छन् । ८७ सदस्यीय प्रदेशसभामा प्रतिपक्षमा रहेका माओवादीका १०, राप्रपाका ४, नेकपा एकिकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र एक÷एक प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित : १ भाद्र २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६