प्रदेश

भैँसीले हान्दा बाघ मर्‍यो




चितवन, ०६ भदौ ।
मकवानपुरमा भैँसीगोठमा बाघ मृत भेटिएको छ । बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

मृत बाघ चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको मकवानपुर प्रहरीले जनाएको छ।

‘बाघ बुढो, असाध्यै दुब्लो र कमजोर रहेछ। आक्रमण गर्न खोज्दा भैंसीले नै उसलाई हानेर मारिदियो जस्तो देखिन्छ,’ चितवन निकुञ्जको सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरले भने, ‘हामीले घटनास्थलको मुचुल्का गरेर बाघलाई पोष्टमर्टमका लागि कसरा ल्याउँदैछौं। पोष्टमार्टमको रिपोर्टले वास्तविक कुरा आउला।’

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जंगलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघ बस्तीतिर छिरेको हुनसक्ने बताए।

‘कमजोर भएर अरु बाघसँग प्रतिष्पर्धा गर्न नसकेपछि बस्ती छिरेको थियो होला। भैंसी उभन्दा तगडा परेर आफैं मर्नपुग्यो,’ तिवारीले भने।

बाघको आयु करिब १५ वर्ष हुन्छ।

घटनास्थलमा मृत भेटिएको भाले बाघको घाँटीभन्दा तल्लो भागमा चोट लागेको छ। भैसीलाई पनि चोट लागेको छ। यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए।

प्रकाशित : ६ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६