ब्रेकिंग न्युज

जनतामा पार्टीको विश्वास बढाउन आवश्यकः न्यौपाने



कपिलवस्तु, ०७ भदौ । नेकपा एमाले कपिलवस्तुका नेता र सांसद गिरीधारीलाल न्यौपानेले पार्टीका नेता र कार्यकर्ताहरुको आचरण सुधार्न आग्रह गरेका छन्। बाणगंगा नगरपालिका नगरकमिटिको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै न्यौपानेले पार्टीका नेताकार्यकर्ताको व्यवहारले जनतामा राम्रो छवि बनाउनु महत्त्वपूर्ण रहेको बताए।

उनले भने, ”हाम्रो आचरण अरुभन्दा फरक हुनुपर्दछ। हाम्रा नेता कार्यकर्ता कतै डगमगाउनु हुँदैन। खान पनिमा ध्यान पुर्याउनु पर्दछ । जुवातासबाट टाढा रहनुपर्दछ। लडाई झगडा गर्नु हुँदैन। यस खालको आचरणमा हामी रहनुपर्दछ।” यसरी आचरण सुधार गर्दा जनतामा पार्टीको विश्वास बढ्ने उनको दाबी छ।

न्यौपानेले पार्टीको जिल्लामा बाणगंगा नगरपालिका विशेष भूमिका खेलिरहेको र यस नगरले अन्य कमिटिहरुलाई सकारात्मक सन्देश दिनुपर्ने कुरा गरे। उनले पार्टीको नेतृत्व चयन सहमतिमा गर्नुपर्ने र पार्टीलाई बलियो बनाउन सबै मिलेर काम गर्नुपर्ने विचार व्यक्त गरे।

उनले वर्तमान मुलुकका प्रमुख समस्याहरूको समाधानको जिम्मा एमालेले नै लिएको बताए। माओवादी शान्ति प्रक्रियामा ‘टिआरसी विधेयक’ पारित गर्ने जिम्मा पनि एमालेले लिएको उनले उल्लेख गरे।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६