ब्रेकिंग न्युज

ओलीको बिरोध गर्नेक्रममा लिपुलेकलाइ भारत देख्ने मेटमणीलाई पार्टीको स्पष्टीकरण



दाङ २७ भदौ । नेकपा ९एकीकृत समाजवादी०का उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले तीन दिने स्पष्टीकरण सोधेको छ । भदौ २५ गते प्राइम टिभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ भनि अभिव्यक्ति दिएको भन्दै बिहीबार महासचिव घनश्याम भूसालले स्पष्टीकरण सोधेका हुन् ।
यस्तै चौधरीले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिएको स्पष्टीकरणमा उल्लेख छ । तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ ।
‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो रु’ भूसालले चौधरीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

प्रकाशित : २७ भाद्र २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६