अर्थ-वाणिज्य

सर्ब सहमत नेतृत्व छनौट गर्दै सकियो अकोराबको महाधिबेशन




काठमाडौं ३० भदौ । देशभरिका सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।ललितपुरमा आयोजित अकोराबको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनले अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक सुवोधबाबु चिलुवालले जानकारी दिए ।अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहरुमा खेमकुमारी पोखरेल, मिलन गाहा, नविननरसिंह नेपाली र गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सविचमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय सदस्यहरुमा पदम सुवेदी, अच्युत पौडेल, बलराम श्रेष्ठ, नविनराज पौडेल, कमला कँडेल, उर्वशी बस्न्यात, गिता चिमोरिया, हेमन्तबहादुर बिके निर्विरोध निर्वाचित चयन भए । केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् भने केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अकोराबको कोशी प्रदेश समितिको अध्यक्षमा टेकबहादुर खड्का, मधेस प्रदेशमा अध्यक्षमा उपासना तिवारी, बागमती प्रदेश अध्यक्षमा दीपक लामा, गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्षमा नविन केसी, कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा र सुदुरपश्चिमको अध्यक्षमा वेदप्रकाश तिमल्सैना निर्वाचित भए ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६