प्रदेश

कपिलवस्तुको यशोधरा बाट नक्कली नोटसहित तीन जना पक्राउ



कपिलबस्तु, ३१ भदौ। कपिलवस्तुको यशोधरा गाउँपालिका ७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार आठ हजार नेपाली नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका सञ्चालक राम नरेन्द्र चौधरीका ५८ वर्षीय मनोजकुमार चौधरी, यशोधरा ४ परसोहियाका त्रियोगी कलवारको ३८ वर्षीय छोरा मयाराम गुप्ता र उनकी श्रीमती ३६ वर्षीय उर्मिला गुप्ता रहेको उहाँले बताउनुभयो।

मर्यादपुरबाट नक्कली पाँच सयको आठ र परसोहियाबाट नक्कली पाँच सयको आठ गरी १६ वटा रहेको प्रहरीको भनाइ छ । पक्राउ गरिएको तीनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वलीले जानकारी दिनुभयो ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६