प्रदेश

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य



कपिलवस्तु, ०१ असोज। लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएको छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको चालु अधिवेशन राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचना उल्लेख छ ।

संविधानको धारा १३८ (२) अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य भएको सूचनामा भनिएको छ । सोमबार बिहान बसेको प्रदेश सरकारको बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित : १ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६