अर्थ-वाणिज्य

विदेश पलायन हुने युवाहरूलाई रोक्न अबस्य सकिन्छ : मन्त्री न्यौपाने



देउखुरी ५असोज । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले रोजगारीको ग्यारेन्टी सरकारले गर्ने हो भने विदेश जाने युवाहरूलाई रोक्न सकिने बताएका छन् ।शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिवेशनलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मन्त्री न्यौपानेले पछिल्लो समय युवा पिढीहरू पढेर विदेश जाने लहर अत्यधिक मात्रमा बढिरहेकोले अब पनि नेपालमा यस्तै अवस्था रहिरहेमा गाउँघरमा युवा शून्य र बुढापाखाहरू मात्रै भेटाउने वातावरणको सिर्जना हुन सक्ने भएकोले सरकारले त्यस विषयमा ध्यान दिनुपर्ने बताएका छन् । स्थानीय, प्रदेश तथा संघ सरकारले अब स्थानीय स्तरमा साना साना उद्योग स्थापना गरेर उनीहरूलाई तालिम दिई रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् ।त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उद्यम क्षेत्रको विकास प्रदेश सरकारले गर्नुपर्ने र त्यसका लागि प्रयाप्त बजेट पालिकामा पढाउन आवश्यक रहेको बताएकी छिन् । त्यस्तै राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष शान्ता विश्वकर्माले उद्यम सहजकर्ताको थुप्रै समस्या रहेको गुनासो गरेकी छिन् । उनले सरकारले उद्यम विकासका लागि सरकारले प्रयाप्त बजेटको व्यवस्था नगर्दा उद्यम क्षेत्रको विकास हुन नसकेको बताएकी छिन् । महासंघ लुम्बिनीका कार्यवाहक अध्यक्ष जानकी हिताङको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सदस्य राजेश बढाई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नर्मदा हरिजनले प्रस्तुत गरेका थिए । सदस्य सुष्मा बस्यालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालक महासंघका निवर्तमान केन्द्रीय सदस्य विरेन्द्र सुवेदीले गरेका थिए ।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६