अर्थ-वाणिज्य

देशैभर रुट परमिट खुल्यो : दशैंको पूर्णिमासम्म कायम रहने



बुटवल १४ असोज । सरकारले सोमबारदेखि नै देशभरि रुट परमिट खुला गरेको छ । रुट परमिट दशैंको पूर्णिमासम्ममा कायम रहनेगरी देशैभरी सामबारदेखि रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको हो ।यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने गरेको भए पनि यस वर्ष भने सोमबारदेखि नै रुट परमिट खुला गरिएको विभागका निर्देशक एवम सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए ।

उनका अनुसार अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले सोमबारदेखि नै रुट परमिट खुला गर्ने भएको हो ।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६