देश

कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा अनुत्तीर्ण



काठमाण्डाै – कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै लेखा विषयमा २४ हजार जनाले परीक्षा दिएकामा आठ हजार तीन सय १५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेका बोर्डले जनाएको छ ।

एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकामा ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएका छन् । यसमध्ये अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई र केमेस्ट्रीमा एक जना गरी जम्मा ६१ जनाले मात्रै ‘ए प्लस’ ल्याएका छन् । बोर्डका अनुसार ‘ए प्लस’ ल्याउने ६१, ‘ए’ ल्याउने सात सय ५१, ‘बी प्लस’ ल्याउने दुई हजार नौ सय ८६, ‘बी’ ल्याउने ११ हजार ४९, ‘सी प्लस’ ल्याउने २३ हजार ६ सय ८८, ‘सी ग्रेड’ ल्याउने ४३ हजार सात सय चार र ‘डी’ ल्याउने ३९ हजार नौ सय ३२ जना छन् ।

मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यसै शैक्षिक सत्रमा भर्ना भएर स्नातक तहमा अध्ययन गर्न पाउने छन् । मौका परीक्षामा पनि अनुत्तीर्ण भएकाहरूले भने आउँदो नियमित परीक्षामा सहभागी हुनुपर्नेछ । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहेमा १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६