देश

राजनैतिक दल र तीनै तहका सरकार मार्फत जनअपेक्षा पुरा गरौंः एमाले अध्यक्ष खनाल



कपिलवस्तु, कात्तिक १८ गते ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व दीपावली (भाई टिका) २०८१ सालको पावन अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालद्धारा जारी शुभकामना सन्देशमा दाजु, भाई दीदी, वहिनी बीच अटल प्रेम स्नेह, माया, ममता साटासाट गर्ने,मानव र पशु बीचको स्नेहपूर्ण ब्यवहार झल्काउने हिन्दु धर्मावम्बीहरुको महत्वपूर्ण पर्व तीहार (भाई टिका) २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुप्रति शुभकामना ब्यक्त गर्दै चाड पर्वका नाममा हुने विकृतीहरुको अन्त्य र सुसंस्कारयुक्त, समतामूलक समाज निर्माणको सफलता प्राप्त हुने विश्वास ब्यक्त गर्दछौं ।
विज्ञप्तीमा वर्तमान नेपाली अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दीको प्रभाव न्यूनिकरण, आम नागरिकमा विकास प्रतिको सकारात्मक धारणा जगाउन, राष्ट्रिय उद्योग धन्दा, पूजीको संरक्षण गर्नका निम्ति राजनैतिक दल बीच साझा धारणा बन्नु आवश्यक रहेको चर्चा गरिएको छ । जारी विज्ञप्तीमा स्थानिय श्रोत साधन र जनशक्तिको परिचालन मार्फत स्थानिय स्तरमै स्वरोजगार श्रृजना गर्ने तर्फ राजनैतिक दलहरु बीचको बलियो सहकार्य आवश्यक रहेको चर्चा गर्दै तीनै तहका सरकार मार्फत जनअपेक्षा पुरा हुने विश्वास ब्यक्त गर्दछु भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १८ कार्तिक २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६