काठमाडौं ३ मंसिर । हालै सम्पन्न आमनिर्वाचन पछि दक्षिण एसियाली टापु देश श्रीलङ्काको नयाँ क्याबिनेट तयार भएको छ । वामपन्थी राष्ट्रपति अनुराकुमारा दिसानायकेले यस अगाडि नियुक्त गरिएकै अनुहार डा। हरिनी आमारासुरियालाई प्रधानमन्त्री बनाएका छन् ।संसद विघटन गरेर भएको चुनावमा वामपन्थी गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी)ले भव्य जीत निकालेपछिको ताजा जनादेशसहित यो क्याबिनेट चयन भएको छ
प्राध्यापनबाट राजनीतिमा आएकी प्रधानमन्त्री हरिनीको क्याबिनेटमा पाँच अनुहार प्राध्यापक छन । उनीबाहेक अरु दुई जनाको नाम अगाडि डाक्टर जोडिएको छ । २१ सदस्यीय क्याबिनेटमा रक्षा, अर्थ, योजना र डिजिटल अर्थतन्त्र मन्त्रालय राष्ट्रपति अनुरा आफैंले राखेको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयको मिडिया डिभिजनले उल्लेख गरेको छ ।गत चुनावमा २२५ सदस्यीय सदनमा ३ सीट ल्याएको एनपीपीले अहिले दुई तिहाइ बढी १५९ स्थान ल्याएको छ ।
३ मंसिर २०८१, सोमबार
प्रतिक्रिया