अन्तर्राष्ट्रिय

भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेकपा एमालेसंग गर्‍यो गम्भीर छलफल




काठमाडौं ११ मंसिर ।नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ।
भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले आज एमाले पार्टी कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेट गरेको हो। भेटमा दुई देशका सरकार, कम्युनिष्ट पार्टी र जनताबीचको सम्बन्धका बारेमा छलफल भएको थियो।महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोडेको बताए।

उनले यस सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबीच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिए। साथै, भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने पोखरेलको भनाइ थियो।

भेटमा लिले नेपालमा कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गरे। उनले दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न भियतनाम तयार रहेको बताए।

प्रकाशित : ११ मंसिर २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६