अर्थ-वाणिज्य

नेपाल पत्रकार महासंघ लुम्बिनीको भवन सभामुख घर्तीद्धारा उद्घाटन




भालुवाङ २५मंसिर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको नवनिर्मित प्रदेश भवनको सोमबार उदघाटन गरिएको छ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नवनिर्मित भवनको उदघाटन गरेका हुन्।भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले नागरिक खवरदारी गर्ने दायित्व पत्रकारको रहेको बताएका छन् । प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार र कमिकमजोरीको खवरदारी गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै सभामुख घर्तीले जनताको सुचनाको हकलाई प्राथमिकतामा राखेर नागरिकको अधिकार बोल्ने पत्रकारहरूको संस्थाको भवन निर्माण भएकोमा खुशि व्यक्त गरे।

उनले प्रदेश सरकारको कामका बारेमा प्रश्नहरू पनि उठेको स्विकार गर्दै सरकारलाई पनि खबरदारी गर्न आग्रह गरे। सभामुख घर्तीले भवन निर्माण गरेर प्रदेश सरकारले गरेको लगानीको प्रतिफल देखिएको बताए। उनले आगामी दिनमा पनि सहकार्य गरेर काम गर्ने बताए। यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष विपुल पोखरेलले प्रदेश भवनले महासंघको जग बसाउने काम गरेको बताएका छन्। उनले नेपाली मिडियाले नै संघियताको मुद्वा उठाएको बताउँदै प्रदेश संरचना बलियो बनाउनुपर्नेमा जोड दिए। नागरिकको आवाज बनाउने शक्तिका रूपमा पत्रकार महासंघलाई स्थापित गर्ने बेला आएको उनको भनाइ थियो ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष बसन्त गिरीले आफ्नो संरचना बनाएर आगामी नेतृत्वलाई सहज हुने वातावरण बनाएको बताए। उनले सबैको साथ र सहयोगले भवन बनेको बताए। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका अर्घाखाँची शितगंगा नगरपालिका( ८ सातमारामा भवन निर्माण गरिएको उपाध्यक्ष शुक्रश्रषि चौलागाईले बताए । भवन निर्माणका लागि प्रदेश सरकारको धेरै लगानीमा निर्माण गरिएको महासचिव विक्रम खडकाले जानकारी दिएका छन्। उनका अनुसार प्रदेश सरकारको ७० लाख र पत्रकार महासंघको १० लाख गरि कुल ८० लाखको लागतमा २ वटा सभाहल, ५ वटा कोठा र ३ वटा बाथरूम सहित ३ तले भवन निर्माण गरिएको हो।

प्रकाशित : २५ मंसिर २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६