अन्तर्राष्ट्रिय

ट्रम्पको शपथग्रहण कै दिनबाट गैरकानूनी आप्रवासी पक्राउ र डिपोर्ट सुरु हुने



काठमाडौं ६ माघ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० अर्थात् सोमबार अमेरिकी राष्ट्रपतिको शपथ लिएकै दिनबाट गैरकानूनी आप्रवासीहरुमाथिको छापा सुरु हुने भएको छ ।अमेरिकी मिडियाहरुले कुनै कानूनी अनुमति नलिइकन यस्तो छापा सुरु हुने बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार गैरकानूनी कामदारहरुको पक्राउ तथा डिपोर्ट ९स्वदेश फिर्ता० अभियान सुरु हुनेछ ।

अमेरिकी मिडिया वाल स्ट्रिट जर्नल तथा न्यू योर्क टाइम्सले सिकागोबाट त्यस्तो अभियान सुरु हुने उल्लेख गरेका छन् । ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासी फिर्ताको अभियान चलाउने बताउँदै आएका छन् ।

प्रकाशित : ६ माघ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६