ब्रेकिंग न्युज

प्रेस चौतारी लुम्विनीमा सर्बसहमत नेतृत्व चयन : अध्यक्षमा पन्थि महासचिव अधिकारी




दाङ १७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका(देउखुरी)मा शनिबार सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे । ’पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालाहरूसँग छलफल गरेरै अघि बढ्दै आएको छ,झ मुख्यमन्त्री आचार्यले भने,’अहिले रोकिएको विषयप्रति म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालाहरूसँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौं ।
उनले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक कानुनी संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिवद्धता जनाए ।’प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौं,झ उनले थपे,’पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौं ।झत्यस्तै, मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।’सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ। अराजकता फैलाउने छुट कसैलाई छैन,झ उनले भने,’पत्रकारिता क्षेत्रमै विकृति र विसंगति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ ।
कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, चौतारीका इञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम, केन्द्रीय तथा प्रदेश नेतृत्वका अन्य पदाधिकारीहरूको विशेष उपस्थिति रहेको छ ।
चौतारीमा सर्बसहमत नेतृत्व ः
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको सर्बसहमत नेतृत्व चयन भएको छ । जसको अध्यक्षमा शोभाकर पन्थी उपाध्यक्षमा दशरथ घिमिरे महासचिवमा हरि अधिकारी रहनु भएकोछ । सचिवमा कृष्ण पोख्रेल, बेणीमाधव बस्याल, माधव कडेल, जनक चौधरी, दिपक न्यौपाने, निता चौधरी र कोषाध्यक्षमा बिनोद भट्टराई रहनु भएकोछ । जसको सदस्यहरूमा नबराज शर्मा, बासुदेव न्यौपाने ,शान्ता खनाल ,रामबहादुर गन्धर्व ,अजय बर्मा ,यमकुमारी सुवेदी , नबराज ज्ञवाली ,मनिस पन्थ, अजम्द खलि सिद्धिकी ,जयपति ढकाल ,ज्ञानेन्द्र पोख्रेल लोकप्रसाद छन्त्याल , स्नेहा केसी ,अराज बेल्बासे ,कमल बिष्ट ,माधव बेल्बासे गिताराम बिष्ट , कुशल बस्याल , मरोज सल्मानी ,ओरीराम चौरासिया ,प्रमोद अर्याल ,कृष्णराज पाण्डे, मित्र थापा ,मोहन पौडेल , रबिन्द्र गुप्ता ,सुमित्रा बराल र शशी पन्थी चयन हुनु भएकोछ ।

प्रकाशित : १७ फाल्गुन २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६