ब्रेकिंग न्युज

भाइमारा र मूर्ति चोरले धेरै चुरीफुरी गरे कारागारको बास हुन्छ : प्रचण्ड




काठमाडौं १ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई फेरि राजा बन्ने दिवा सपना नदेख्न आग्रह गरे।
त्यसबारे उनको भनाइ जस्ताको तस्तैस्
हिजो इतिहासमा हजारौँ जनताको छोराछोरी हरूको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र १० १५ हजार मान्छे उर्फिँदैमा उल्ट्याउन सम्भव छैन। तर त्यो दुष्साहस भइरहेको छ । त्यसलाई हामीले भनेका छौँ, इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ। समाजवादी र गणतन्त्रवादीहरू तयार छन्। हामीले १५ गते केन्द्रीकृत कार्यक्रम गर्दैर्छौँ।
यो नौटकीहरु देखाइँदैछ, राजामहाराजाहरुको बारेमा। २५० वर्षसम्म यो देशलाई कहाँ पुर्याए। नेपाली जनताले बिर्सेको छरु मुर्तिचोर को हुन् र रुनेपालका ठूला मूर्ति चोरहरू अहिले राजा। भाइमारा को हो रु आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छरु सुन तस्कर को हो रु नेपाली जनताले बिर्सियो भन्ठानेकोरु मैले पहिलो पटक प्रधानमन्त्री हुँदा फेरि एकचोटी दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको थिएँ। मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि छानबिन गरेर भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरूले चुरीफुरी गरिरहेका छन्, धेरै नगरे हुन्छ।
कारागारको बास हुन्छ ।धेरै मूर्खता पहिले पनि भइसकेको छ, अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन् अब रु नेपालका राजनीतिक दल पनि उदार हुँदैनन्। त्यसैले हामी सबैले आवाज उठाउनुपर्‍यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनीहरूको परिवारभित्रै थिए नि। सबैले बुझेका छन् को हो मुख्य योजनाकार भन्ने त। त्यो जनतालाई थाहा छ। तीनका आसेपासेले त फेरि लुट्न पाइन्छ कि भनेर तीनलाई बोक्नसक्छन् तिमी पनि धेरै उचालियौँ भने वा विदेशीको फोटो टाँसेर उनको भरमा आउँछु कि भन्ने सपना देखेको भए त्यो दिवा सपना हुनेछ। त्यो भ्रममा नरहन आग्रह गर्छु।

प्रकाशित : ३० फाल्गुन २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६