चितवन २ चैत्र ।नेपाल कम्युनिस्ट पार्टी एमाले चितवन जिल्ला कमिटीको छैठो बैठकलाइ भरतपुरमा सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एबम भुमि ब्यबस्था मन्त्री बलराम अधिकारीले अति विशिष्ट ब्यक्तिका सुबिधा कटौती गर्ने तयारी गरेको बताउनु भएको छ। सरकारले जनताको भावना अनुसार नै निर्णय गर्ने बताउनु भयो ।उहाले संचार माध्यमले उल्टो प्रचार गरेको बताउनु भएको हो। भुमि समस्या समाधान आयोग मार्फत नेपाल मै यसपाली पहिलो पटक भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिलाइ जग्गाधनी पुर्जा बितरन कार्यक्रम शुभारम्भ गर्न चितवन आउनु भएका मन्त्री अधिकारीले यस्तो बताउनु भएको हो । चैत्र ३ मा चितवनबाट भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिलाइ जग्गधनि पुर्जा बितरन हुदैछ । ३ सय परिवारलाइ जग्गाधनी पुर्जा बितरन गर्न मन्त्री अधिकारी चितवन आउनु भएको भुमि आयोग चितवनका अध्यक्ष ईमान सिंह मोक्तानले बताउनु भयो ।
१ चैत्र २०८१, शनिबार
प्रतिक्रिया