अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता



थियानजिन (चीन), १६ भदौः

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ ।

व्यस्त कार्यतालिकाबीच पनि थियानजिनस्थित होटेल रिट्ज कार्लटोनमा भएको भेटवार्ताको प्रारम्भमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो । त्यसपछि करिब आधा घण्टा उहाँहरूबीच एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेट्नु भएको थियो । 

नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्ध तत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै राष्ट्रपति पुटिनले नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले व्यस्तताबीच नेपाललाई समय दिनुभएकामा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै आपसी सम्बन्धलाई अझ विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवा गरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गर्नुभयो । 

उहाँहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनफिङलगायत विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो । (रासस)

–––

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६