अन्तर्राष्ट्रिय

युद्धको सबैभन्दा ठूलो हवाई आक्रमणमा रुसले किएभस्थित युक्रेन सरकारको सिटमा प्रहार



किएभ, २२ भदौ

रुसले आइतबार बिहान युक्रेनमा युद्धको सुरुदेखिको सबैभन्दा ठूलो हवाई आक्रमण सञ्चालन गरेको छ । यस आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने किएभस्थित युक्रेन सरकारको सिटमा आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।
एएफपीका एक पत्रकारका अनुसार युक्रेनको मन्त्रिपरिषद् भवनको छतमा आगो लागेको थियो र राजधानीमाथि बाक्लो धुवाँ उडिरहेको देखिन्थ्यो । आपत्कालीन सेवाले ड्रोन आक्रमणका कारण किएभका धेरै अग्ला भवनहरूमा क्षति पुगेको पुष्टि गरेको छ ।

साढे तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा मध्यस्थता गरे पनि रुसले कुनै लचकता देखाएको छैन । युरोपेली राष्ट्रहरूले भने हालै मात्र फ्रान्स र बेलायतको नेतृत्वमा शान्ति सम्झौता कार्यान्वयन गर्न गस्ती सेना तैनाथ गर्ने वाचा गरेका थिए, तर मस्कोले यसलाई अस्वीकार्य ठहर गरेको छ ।

युक्रेनको मन्त्रिपरिषद् परिसरमा भएको यो प्रहार युद्धको पहिलो यस्तो आक्रमण हो । घटनास्थलमा पुगेका एएफपीका पत्रकारले उद्धारकर्ताहरूले हेलिकप्टरमार्फत पानी खसाल्दै आगो नियन्त्रणमा लिने प्रयास गरेको देखेका थिए ।

“शत्रुको आक्रमणका कारण भवनको छत र माथिल्लो तल्ला क्षतिग्रस्त भएको छ । उद्धारकर्ताहरूले आगो निभाइरहेका छन्”, प्रधानमन्त्री युलिया स्विरिडेन्कोले टेलिग्राममा लेख्नुभयो, “हामी भवनहरू पुनर्निर्माण गर्नेछौँ तर गुमेको जीवन फर्काउन सक्दैनौँ । शत्रुहरूले हरेक दिन हाम्रो जनतालाई आतङ्कित पारिरहेका छन् ।”

युक्रेनी वायु सेनाका अनुसार रुसले शनिबार रातिदेखि आइतबार बिहानसम्म युक्रेनमा कम्तीमा आठ सय पाँच ड्रोन र १३ क्षेप्यास्त्र प्रहार गरेको थियो । (रासस÷एएफपी) 

प्रकाशित : २२ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६