अन्तर्राष्ट्रिय

पाकिस्तानमा सैनिक कारबाहीमा १० आतङ्ककारीको मृत्यु



इस्लामाबाद, २९ भदौ (रासस/सिन्ह्वा)

पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतङ्ककारी) मारिएका छन् । पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो । विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति रहेको सूचना पाएपछि खुफिया जानकारीको आधारमा कारबाही सञ्चालन गरेका भनिएको छ । अभियानको क्रममा सैनिक र सशस्त्र समूहबीच भएको तिव्र गोलीबारीमा दुबै पक्षका थुप्रै जनाले ज्यान गुमाएका छन् । अधिकारीहरूले उक्त क्षेत्रमा सशस्त्र समूहहरूको उपस्थिति पूर्णरूपमा समाप्त गर्नका लागि थप सुरक्षा अभियानहरू जारी रहने भनेका छन् । पाकिस्तानी सुरक्षा बलहरू देशभर सशस्त्र समूहको समाप्ति गर्दै राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने दृढ सङ्कल्पमा रहेको आईएसपीआरले जोड दिएको छ ।

Powered By  Orson Infotech

प्रकाशित : २९ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६