ब्रेकिंग न्युज

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा



असोज २
लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ ।
कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडकमा थुप्रिएको पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । त्यसैगरी बुधबार बिहानदेखि अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग पनि आज बिहानदेखि सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत गुल्मीको रिडी–तम्घासखण्डको रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । त्यस क्षेत्रमा दुवैतर्फ रोकिएका यात्रु आआप्mनो गन्तव्यतिर जान थालेका छन् ।
जिल्लामा तीन दिनदेखि लगातार रुपमा भइरहेको वर्षा आज बिहान रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले वर्षाका कारण विपद्जन्य जोखिम हुनसक्ने भन्दै पहिरोग्रस्त र खोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६