झेनपिङ, शानक्सी,११ असोज (रासस/सिन्ह्वा) :
चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने तीन जना सुरुङभित्र फसेका थिए । शनिबार बिहान १ः२० बजे उद्धार गरिएका ती तीनै जनाको चिकित्सा टोलीले मृत्यु पुष्टि गरेको छ । यो खानी सन् १९९८ मा निर्माण गरिएको थियो र मार्च सन् २०२४ देखि सुरक्षा कारणले मर्मतकार्यको क्रममा थियो । प्रारम्भिक जाँच अनुसार लगभग ५०० घनमिटर मलबा खसेर सुरुङ भत्किएको छ । अहिले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया