खोज–अनुसन्धान

संविधानको मार्गदर्शनअनुसार समस्या समाधान गर्न सकिन्छः मुख्यमन्त्री आचार्य



लुम्बिनी, १६ असोज

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौती र समस्या समाधान गर्न सकिने बताउनुभएको छ । बडादसैँ २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिने बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्टाचार अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । युवापुस्ताको सोचअनुसार कामलाई गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शक्तिस्वरूपा दुर्गा भवानीले सत्य, न्याय, सहकार्य र अग्रगमनको बाटोमा अघि बढ्ने प्रेरणा दिऊन् भन्ने कामना गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले बडादसैँले नेपालीबीच आपसी भ्रातृत्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

“चाडपर्वले सबै जातजाति र धर्मावलम्बीहरूको साझा फूलबारीका रूपमा रहेका र यी पर्वहरूले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर साझा पहिचानलाई सबल बनाउन मद्दत गरेका छन्”, सन्देशमा भनिएको छ, “हाम्रा कला–संस्कृति, रीतिथिति र परम्पराहरू नै हाम्रो अमूल्य सम्पदा हुन् । यिनको संरक्षण, प्रवर्द्धन र विकासमार्फत प्रदेशको समृद्धिको चाहना पूरा गर्न सकिन्छ भन्नेमा हामी दृढ छौँ ।” 

प्रकाशित : १६ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६