देश

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग



म्याग्दी, २० असोज

मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् ।

प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई थान नेटवर्किङ स्वीचलगायत उपकरण सहयोग गरेको जनाइएको छ । रोजगारी, पेसा व्यवसाय र अध्ययनको सिलसिलामा देशका विभिन्न सहर तथा विदेशमा पुगेका पूर्वविद्यार्थी तथा मगरदाङ्ग जन्मथलो भएकाहरु आवद्ध मञ्चले कोष स्थापना गरेको हो । 

मञ्चका अध्यक्ष घनबहादुर फगामी, सचिव तथा म्याग्दी प्रवासी नेपाली मञ्च (मोना)का कोषाध्यक्ष नरेन्द्र फगामी, पूर्ववडाध्यक्ष पिपला बुढालगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद बुढाथोकी र प्रअ अमृत बृढाथोकीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । 

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा २४ वटा कम्प्युटर पुगेका छन् । थप १० वटा कम्प्युटर थप गरेर कम्प्युटर कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ । विद्यालयले गरेको प्रस्तावअनुसार विभिन्न ठाउँमा रहेका पूर्वविद्यार्थी तथा प्रवासी मगरदाङबासीबाट नगद सङ्कलन गरेर उपकरण खरिद गरी उपलब्ध गराइएको मञ्चका सचिव फगामीले बताउनुभयो । 

प्रकाशित : २० आश्विन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६