अर्थ-वाणिज्य

खेलाडीका नाममा हुलाक टिकट प्रकाशन



काठमाडौँ, २४ असोज

हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाउनुभयो । विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसीसी पुरुष विश्वकप र आईसीसी महिला यु–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्वीर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनुका साथै प्रदर्शनी गरेको हो ।

खेलकुदको माध्यमबाट अन्तरराष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ । विभागले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार रु १० दरको पाँच लाखप्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपाल सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हँुदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो । त्यसैगरी महिला क्रिकेटको उमेरसमुह अन्तरगत यु–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।

प्रकाशित : २३ आश्विन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६