काठमाडौँ, २३ असोज
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच चालु आर्थिक वर्षको विनियोजित भिडियो सेवालगायत विभिन्न कार्यक्रम सञ्चालानका लागि सम्झौता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा राससका तर्फबाट महाप्रबन्धक सन्दिप राई र मन्त्रालयका तर्फबाट उपसचिव रामकृष्ण अर्यालबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सम्झौतापत्रमा भिडियो सेवा सञ्चालनका लागि रु एक करोडसहित मातृभाषा एवं चौबिसै घण्टा नेपाली भाषामा समाचार सेवा सम्प्रेषण, सञ्चार उपकरण व्यवस्थापन तथा मर्मतसुधारका लागि समेत गरी रु एक करोड ६४ लाख दिने उल्लेख छ ।
मन्त्रालयले अनुदानका रूपमा प्राप्त हुने दिने उक्त रकम त्रैमासिकरूपमा निकासा हुने जानकारी दिँदै महाप्रबन्धक राईले द्वपक्षीय सम्झौताअनुसारका कार्यक्रमसँग सम्बन्धित सूचकका लक्ष्य पूरा गर्नेगरी कार्यक्रम कार्यान्वयन गर्नेगरी जिम्मेवारी दिएको स्पष्ट गर्नुभयो ।








प्रतिक्रिया