जीवनशैली

प्रमुख जिल्ला अधिकारी थपलियाद्वारा भैरे डाँडा आवास निर्माण अनुगमन पहिरो पीडितलाई चाँडै हस्तान्तरण गरिने



किमाथाङ्का (सङ्खुवासभा), २५ असोज

सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा पहिरो पीडितका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ । सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा आवास निर्माण भइरहेको छ । विसं २०७७ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ का पहिरोबाट ५५ विस्थापित परिवारको खाँदबारी–७ स्थित भैरे डाँडामा घर निर्माण अन्तिम चरणमा पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले पहिरो पीडितको आवास निर्माणको अनुगमन गर्दै चाँडै काम सम्पन्न गरेर पीडितलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

करिव दुई वर्षअघि थालिएको पहिरो पीडितको घर निर्माण अन्तिम चरणमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारीदिनुभयो । खाँदबारी–७ स्थित भैरे डाँडामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माणको काम अहिलसम्म ९० प्रतिशत काम सकिएको छ  । शुक्रबार आवास निर्माणका अनुगमनमा प्रदेशसभा सदस्य राजेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी थपलिया, खाँदबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाई भैरे डाँडा पुग्नुभएको थियो । 

विभिन्न कारणले रोकिएको–१ बेसिन्दाका ५५ परिवारले घर निर्माणको दोस्रो किस्ता लामो समयपछि भुक्तानी पाएपछि घर निर्माण गति लिएको थियो । यसका लागि संघीय सरकारले ६० प्रतिशत अनुदान निर्णय गरेको थियो । आवास निर्माणका लागि पाँच लाख ५० रूपैयाँ तोकिएको थियो । आवास निर्माणको पाँच लाख ५० रूपैयाँ रकम प्राविधिकको मुल्याङकलनअनुसार तीन किस्तामा भुक्तानी दिइने छ । पहिरो पीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । 

भैरे डाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा एक करोड ३० लाख रूपैयाँमा खरिद गरिएको थियो । सिलिचोङ–१ बेसिन्दाका नौ घर विसं२०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।

प्रकाशित : २५ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६