तम्घास (गुल्मी), २६ असोज
जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लाग्नुभएको छ । ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गर्नुभएको थियो । उहाँले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गर्नुभएको छ ।
पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा जाने तर कृषि कर्म नगर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा नेपालीले भने दश वर्षदेखि तरकारीखेतीलाई निरन्तरता दिनुभएको हो । गुल्मीजस्तो पहाडी भेगमा बजारको अभाव, सिँचाइ, बीउ, मललगायत समस्याका कारण पनि कृषिमा लामो समय टिक्न कठिन हुने उहाँको अनुभव छ ।
उक्त जग्गामा १२ वटा टनेलमा तरकारी, ५० रोपनी जग्गामा धानखेती तथा केहीमा माछापालन, कुखुरा र बङ्गुरपालन गर्नुभएको छ । उहाँले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्नुहुन्छ । खर्बुजा, काँक्रा, घिरौँला, लौका, ब्रोकाउली, गोलभेडा, सिमी, बोडी, बन्दालगायत तरकारी उत्पादन गर्नुहुन्छ ।








प्रतिक्रिया