देश

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई



पाटन (ललितपुर), २८ असोज

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य समस्याका कारण आफू उपस्थित हुन नसक्ने कारण देखाउँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नुभएको हो ।

बैठकको सुरुआतमा सभापति देउवाले सम्बोधन गरेपश्चात् यही असोज ३० गते दिउँसो १ः०० बजे बस्नेगरी बैठक स्थगित गरिएको छ । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एवम् आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित : २८ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६