अन्तर्राष्ट्रिय

राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली जेनेभा प्रस्थान



काठमाडौँ, ३१ असोज

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५१औँ महासभामा सहभागी हुन जेनेभा प्रस्थान गर्नुभएको छ ।

राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र  मदनकुमारी शाह (गरिमा) सम्मिलित संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल आज बिहान जेनेभा प्रस्थान गर्नुभएको हो ।

यही कात्तिक २ गतेदेखि ६ गते (अक्टोवर १९–२३) सम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्षले दाहालले ‘सङ्कटका समयमा मानवतावादी मान्यता र मानवतावादी कार्यलाई समर्थन’ विषयमा मन्तव्य प्रस्तुत गर्नुका साथै द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । 

आइपियु स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनुहुनेछ । शाहले महिला सांसदहरूको मञ्चको बैठकमा पनि सहभागी हुनुहुनेछ । 

प्रतिनिधिमण्डल भ्रमण कार्यक्रम सम्पन्न गरी कात्तिक ९ गते आइतबार साँझ काठमाडौँ फर्किने कार्यक्रम छ । 

प्रकाशित : १ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६