तुलसीपुर (दाङ), १ कात्तिक
यहाँको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको ‘सिटिस्क्यान मेसिन’ डेढ वर्षदेखि बिग्रिएर थन्किएको छ । मेसिन बिगँ्रदा नसासम्बन्धी बिरामी र दुर्घटनाका घाइतेलाई जिल्ला बाहिर ‘रेफर’ गरिँदै आएको छ ।
प्राविधिकले मर्मत गर्न नसक्ने जनाएपछि थन्किएको अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताउनुभयो । सो मेसिन मर्मत गर्नुपर्ने निकाय स्वास्थ्य मन्त्रालय प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले मर्मत गर्न नसक्ने जनाएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
‘६४–स्लाइस’को मेसिन भएकाले यो मेसिन मापदण्डअनुसार नरहेको उहाँले बताउनुभयो । “यस्तो मेसिन कमसल हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउँदा त्यस्तै आयो, खास अहिले चलाउन मिल्दैन भन्ने छ, अब झन बिग्रिसकेको छ ।”
उक्त मेसिन २०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध गराएको हो । तीन करोड रुपैयाँभन्दा बढी लागतमा उक्त मेसिन खरिद गरिएको थियो । तर, मेसिन सञ्चालनको पाँच वर्षमै बिग्रिएको थियो ।








प्रतिक्रिया