कात्तिक १३, भैरहवा
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । गौतम लामो समयदेखि मजदुर आन्दोलनमा सक्रिय रहँदै आउनुभएको थियो । उहाँले आफ्नो जीवन मजदुरका हक–अधिकारका लागि समर्पण गर्नुभएको थियो । आज भैरहवामा विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा सहभागी भई मन्तव्य दिँदै गर्दा उहाँ अस्वस्थ भई निधन भएको हो ।
गौतमको निधनले मजदुर आन्दोलनले एउटा दृढ, प्रतिबद्ध र जनमुखी नेता गुमाएको छ । उहाँको योगदान नेपाली मजदुर आन्दोलनको इतिहासमा सधैं सम्झना गरिनेछ ।
दिवङ्गत कमल गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना ।








प्रतिक्रिया