अर्थ-वाणिज्य

कृषकलाई धान नकाट्न मौसमविद्हरुको आग्रह



काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले भारी वर्षा हुने सम्भावना रहेकाले तत्काल धान काट्न बाँकी रहेका किसानहरूलाई मौसमको अवस्था हेरेर मात्र काम गर्न आग्रह गरेका छन्।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेकाले धान काटिहाल्ने अवस्था नरहेको सुझाव दिइएको छ। बुधवारदेखि सुरु भएको यो वर्षा कात्तिक १५ गते शनिबारसम्म रहने विभागले जनाएको छ।
कृषकहरूलाई सम्भावित क्षतिबाट जोगिनका लागि सतर्कता अपनाउन र धान नकाटी सुरक्षित रहन अनुरोध गरिएको छ।
दिनभर मध्यम वर्षा भइरहेपछि आज रातिदेखि भने भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् अधिकारीले आज रातिबाट भने भारी वर्षा हुने सम्भावना रहेको बताए।
उनका अनुसार आज दिनभर बागमती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशमा स्थान विशेष फाट्टफुट्ट पानी परेको छ। यसैगरी, गण्डकी र बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको वर्षा भएको छ।

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६