कपिलवस्तु, कार्तिक —१५
यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले हरिबोधिनी (प्रबोधिनी) एकादशीको पावन अवसरमा सम्पूर्ण भक्तजन, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष तिवारीले शुभकामना सन्देशमा भगवान श्रीहरिविष्णुको उपासना र भक्ति साधनाको यस दिवसले सम्पूर्ण मानवजातिमा श्रद्धा, शान्ति र सद्भाव फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हरिबोधिनी एकादशीको दिन भगवान हरि शयनी अवस्थाबाट जाग्रत हुने धार्मिक विश्वास रहिआएको छ। व्रत, पूजा, भजन र सत्कर्ममा संलग्न रहनु आत्मिक शुद्धता, पारिवारिक सुख, समृद्धि र आरोग्य प्राप्तिको माध्यम हो।” उहाँले यस पवित्र अवसरले गाउँ, समाज र देशमा धार्मिक एकता, आपसी सद्भाव र सामूहिक प्रगतिका लागि प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो।








प्रतिक्रिया