कात्तिक १७, बाणगंगा
बाणगंगा नगरपालिका–५, कपिलवस्तुको लक्ष्मणघाटस्थित शिव मन्दिर हाल धार्मिक आस्था र पर्यटन दुवैका दृष्टिले आकर्षक गन्तव्य बनेको छ। बाणगंगा नदीको किनारमा रहेको यो मन्दिर लक्ष्मणघाट बाँध नजिकैको विस्तृत र रमणीय क्षेत्रमा अवस्थित छ।
मुख्य प्रवेशद्वारबाट प्रवेश गर्दा सानो पोखरीको बीचमा स्थापित भगवान् शिवको विशाल मूर्तिले सबैको ध्यान आकर्षित गर्छ। उक्त मूर्तिलाई चारैतिरबाट सुन्दर शिवलिङ्गहरूले सजाइएको छ। मूर्तिको पछाडिपट्टि रहेको मुख्य मन्दिरले स्थलको धार्मिक सौन्दर्य अझ बढाएको छ।
मन्दिर परिसर सुन्दर बगैंचाले सजाइएको छ, जसले वातावरणलाई शान्त र मनमोहक बनाएको छ। बिभिन्न स्थानबाट आउने भक्तजन यहाँ पूजाआर्चनाका लागि पुग्ने गर्छन्। चारैतिर पर्खालले घेरेको मन्दिर क्षेत्र अहिले स्थानीय तथा बाह्य पर्यटकका लागि पनि रमणीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ।








प्रतिक्रिया