जीवनशैली

उपाध्यक्ष पौडेलको जोड — “एकता, विश्वास र नेतृत्वका साथ अघि बढौं”



रूपन्देही, कात्तिक १८ — नेकपा (एमाले)का उपाध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पार्टीभित्रको आन्तरिक एकता, जनविश्वास र राष्ट्रप्रतिको निष्ठालाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ।

मंगलबार सम्पन्न नेकपा (एमाले) जिल्ला कमिटी रूपन्देहीको विस्तारित बैठक भव्यता र उत्साहका साथ सम्पन्न भएको हो। बैठकमा विगतका उपलब्धी र कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा संगठनलाई अझ मजबुत र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

नेता पौडेलले भन्नुभयो, “जनता, राष्ट्र र पार्टीप्रति अझ बढी निष्ठावान र समर्पित हुँदै अघि बढ्नुपर्ने समय आएको छ। पार्टीको आन्तरिक एकतालाई खँदिलो र बलियो बनाएर आम जनतामा आशा, भरोसा र विश्वास पुनः स्थापित गर्न हामी सबै एकजुट हुनुपर्छ।”

उहाँले हरेक चुनौती र प्रतिकूलतालाई सामना गर्दै संविधानको रक्षा गर्ने र नेकपा (एमाले)लाई पुनः राज्यसञ्चालनको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सबै तहका कार्यकर्ताहरूले आफ्नो भूमिकाप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

बैठकमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला नेतृत्वदेखि जनसंगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकले एमालेको संगठनात्मक सुदृढीकरण र जनस्तरमा पार्टीप्रतिको विश्वास विस्तार गर्न महत्वपूर्ण सन्देश दिएको बताइएको छ।


प्रकाशित : १९ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६