कपिलवस्तु, कात्तिक १८
जनसेवा बहुमुखी सहकारी संस्था, कपिलवस्तुको बैठक आइतबार वाणगंगा–४ गजेहडास्थित आफ्नै भवन परिसरमा सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा सहकारीका सल्लाहकार बाबुराम आचार्यले सहकारी संस्था उत्पादन वृद्धि र रोजगारी सृजनाको मुख्य आधार बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारीको मर्म, मूल्य र सिद्धान्तअनुसार अघि बढे मात्र संस्था बलियो र दिगो बन्न सक्ने स्पष्ट पार्नुभयो। कार्यक्रममा अध्यक्ष द्रोणराज सुवेदीले जनसेवा बहुमुखी सहकारी संस्था विउ–विजन प्रशोधनमा अग्रणी सहकारीका रूपमा स्थापित भएकाले यसलाई अझ सशक्त र प्रभावकारी बनाउन सबै सदस्य एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, उपाध्यक्ष सरिता देवी ढकालले सहकारीको ३२औं वार्षिक साधारण सभा आगामी मंसिर २० गते गर्ने निर्णय भएको जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन सहसचिव देवीप्रसाद पोख्रेलले गर्नुभएको थियो।








प्रतिक्रिया